Uncategorized

अमेरिकामा नेपालीको दशैंः पारिवारिक जमघटसँगै तासको मज्जा

अमेरिका । नेपालमा टीकाको शुभ साइत ९ बजेर ५१ मिनेट रहेकोले नेपालको जस्तै शुभ साइतमा अमेरिकामा बसोबास गर्ने नेपालीहरुले दशैँ मनाएका छन् । मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा थापेर मनाएका छन् । 
 
नेपालमा यस पटक ९ बजेर ५१ मिनेटको लागि विशेष साइत रहेकोले त्यसलाई नै आधार मानेता पनि यस पटक दशैँ शुक्रबार कामको दिन परेकोले बिहान देखि नै पोहोर सालको जस्तो चहल पहल हुन् सकेन । अमेरिकाका केही पण्डितहरुले ९:३० देखि पनि टीकाको साइत भनेका थिए ।
तर आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिने भएकोले काममा घर फर्के पछि साँझ देखि चहल पहल भएको छ ।
 
बर्ष दिनमा एक पटक आउने चाड त्यसमा पनि सबै भन्दा ठूलो चाड दशैँ शुक्रबार परेता पनि अधिकांश नेपालीले बिदा तथा छुट्टी लिएर भएता पनि आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन पाउँदा निकै हर्षित देखिन्थे l 
 
नेपाली समुदायको लागि अमेरिकामा स्थापित विभिन्न संघ/संस्था तथा नेपाली द्वारा स्थापित नेपाली मन्दिरहरुले जमराको व्यवस्था गरेका छन् । कैयौ नेपालीहरुले आफै पनि घर घरमा जमरा राख्न थालेका छन् । 
नेपाल जस्तै गरि आफ्ना छोराछोरी ,बुवाआमा तथा परिवार तथा सन्तानहरुलाई नया लुगा समेत खरिद गरि दिएका छन् । टिका लगाउन आउने र जानेहरु नया लुगा बिसेष गरि पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल र ढाका टोपी लगाएका देखिन्थे । यसै गरि महिलाहरु नेपालबाट मगाइएका फरिया तथा अधिकांश नेपाल मै बनाइएका सुनका गरगहनामा सजिएका देखिन्थे । 
 
अमेरिकामा अधिकांश सबै स्थानमा खसी पाइने हुनाले घटस्थापना देखि नै मासुका विभिन्न परिकार बनाएर नेपाली समुदायले आफ्ना सामाजिक संजालमा प्रदर्शन गरेका भेटिन्थे । 
 
साथै नेपाल जस्तै गरि कवाफ (पक्कु), कलेजो, रक्ती, भित्र्यास, काक्राको खल्पी, भुटेको भुडी, कालो मासको दाल, केराको बुङ्गोको अचार, नेपाली शैलीका अचार तथा चिउरा, तामाबोडी, सेलरोटी आदि ईत्यादी समेत आफू परिवार तथा अतिथिहरुलाई खुवाएका छन् l 
अमेरिकामा जन्मिएका र हुर्किएका दोश्रो पुस्ताका बालबालिकाहरुले आफ्ना हजुरबुवा हजुरआमा ,बुवाआमा तथा आफू भन्दा ठूलाहरु संग टिका जमरा साथै आशिर्वाद लिदै पैसा प्राप्त गर्दा निकै खुशी तथा रमाएका देखिन्थे ।
घटस्थापना देखि नै समय व्यवस्थापन गरेर भएता पनि तास खेल्न खेल्नुको साथै केहीले कही कौडा पनि खेल्न भ्याएका छन् । 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *