Uncategorized

रानीबारीमा १८ वर्षीय लोहनीको हत्या गरी फरार १४ वर्षपछि पक्राउ

३ कात्तिक, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले काठमाडौं–३, रानीबारीमा १८ वर्षीय बालक जीवन लोहनीको हत्या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ देविस्थान–२ का ३७ वर्षीय हिक्मत हमाल छन् । यसअघि हमालसहित हरि गिरी, प्रकाश हमाल लगायतको समूहले मादक पदार्थ सेवन गरेर बालक लोहनीको हत्या गरेका थिए ।

हत्यामा संलग्न हरि र प्रकाश यसअघि नै पक्राउ परिसकेका छन् । घटनामा संलग्न दुई जना अझै फरार छन् ।

उनीहरुले खुकुरी प्रहार गरेर बालकको हत्या गरेका थिए । शनिबार सामाखुशीबाट पक्राउ परेका हमालमाथि थप अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *