Uncategorized

प्रधानमन्त्रीले पिताको हातबाट दशैंको टीका

२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहन प्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए ।

आफू टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

वडादशैंको टीका लगाएपछि प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गरेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *