Uncategorized

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयोः मन्त्री बस्नेत

२९ असोज, गोरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् ।

गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले सरकारका विरुद्ध भ्रम फैलाउने काम भएको बताएका हुन् ।

‘अहिले केही सञ्चारमाध्यम र राजनीतिक दलले सरकारले काम गरेन भनेर लान्छाना लगाउने काम भएको छ’, उनले भने, ‘बजेट आएको भर्खरै मात्र हो, विकासको काम प्रक्रियामा हुन्छ ।’

मन्त्री बस्नेतले स्थानीय तहले ल्याएका बजेट कार्यान्वयनको प्रक्रिया रहेको बताए ।

पछिल्लो समयमा सरकारले जथाभावी कर वृद्धि गरेको भन्ने चर्को आलोचना भइरहेको भन्दै मन्त्री बस्नेतले कर उठाउने काम नियमित र कानून सङ्गतनै भएको दाबी गरे ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *