Uncategorized

१३ दिन देखि वेपत्ता रम्तेल मृत भेटिए

२० कात्तिक, गोरखा । १३ दिन देखि वेपत्ता रहेका गोरखा नगरपालिका-७ का ४५ वर्षीय रामजी रम्तेल मृत अवस्थामा फेला परेका छन् ।

मंगलवार गोरखा नगरपालिका-५ धारापानी खोला नजिकैको जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । ‘दुर्गन्ध फैलिएपछि स्थानीयले के रहेछ भनेर हेर्दा शव देखेछन् अनि हामीलाई खवर गरे,’ डीएसपी महेन्ऽ नेपालले भने ।

किरा परेर सडेको अवस्थामा शव भेटिएको नेपालले बताए । जिल्ला अस्पताल गोरखामा पोष्टमार्टम पश्चात शव आफन्तलाई बुझाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी नेपालले जानकारी दिए । घरबाट एक्कासी हराएपछि रम्तेलका आफन्तजनले खोजतलास गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालयमा निवदेन दिएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *