Uncategorized

दशैंको दिन मिटरमा ट्याक्सी नकुदाए कारबाही

१ कात्तिक, काठमाडौँ । विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ ।

दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च अधिकारीहरुको बैठकले मिटरमा सञ्चालन नगर्ने ट्याक्सीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

सरकारको उक्त निर्णय पालना नगरेमा ट्राफिक प्रहरीको फोन नं. १०३, ४२१९६४१ एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको ४२११०८७ र ९८५११४५०४५ मा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

त्यसैगरी उक्त बैठकले काठमाडौँ उपत्यकामा पहिचान भएका ६६ वटा ‘रुट’मा निर्धारित बिसौनीमा मात्र यात्रीलाई चढाउन, ओराल्न तथा फोहरको समुचित व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

देशभर कुनै पनि किसिमका गम्भीर प्रकृतिका सवारी दुर्घटना नभएको जानकारी दिँदै नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सवारी नियमविपरीत वाहन सञ्चालन गर्ने ३८६ जनालाई कारवाही गरेको जनाएको छ ।

यसैबीच ट्राफिक प्रहरीले यात्रीको सामान लिएर भोगेको एउटा ट्याक्सी चालकलाई आज नियन्त्रणमा लिएर सम्बन्धित यात्रीको सामान सुरक्षित रुपमा फिर्ता गराएको बताएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *