Uncategorized

यसवर्ष पनि चन्द्र भण्डारीको दशैं बोटे र माझी समुदायसँग

२८ असोज, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले यो वर्षपनि बोटे र माझी समुदायसँगै दशैं मनाउने भएका छन् ।

बुटवलमा पत्रकारहरुसँग दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै युवा नेता भण्डारीले गुल्मी जिल्लाका विभिन्न स्थानमा रहेका भोटे माझी अल्पसंख्यक समुदायहरुसँगै दशै मनाउने कार्यलाई निरन्तरता दिने बताए ।

परिवर्तनका लागि सबैमा चेतना बढाउन जरुरी भएको भन्दै उनले सबैले आफूभन्दा कम भाग्यमानीलाई सहयोग र सम्मान गर्न आग्रह गरे ।

बोटे माझी समुदायहरुसगै दशैं मनाउदै ६ वटा विद्यालयका विद्यार्थीहरुको लागि उपहार स्वरुप शैक्षिक सामग्री पनि हस्तान्तरण गर्ने जनाएका छन् ।

बम्घा लक्ष्मी निमाबि, आंटीपाटा प्राबि,झेर्दी निमाबि,मजुवा प्राबि,माझि प्राबि बलिथुम,नरहरी उमाबिका बिद्यार्थीलाइ पोसाक र शैक्षिक सामग्री पनि हस्तान्तरण गर्ने बताए ।

त्यस्तै माझी र बोटे बस्तीका नारीहरुलाइ टीका लगाएर कपडा धोती, लुङ्गी पनि उपहार दिनेछन् ।

उनले गुल्मी जिल्लाका सीमान्तकृत बोटे, माझी र दलित बस्तीहरुमा ४ सय १५ सय घर निर्माण गरिरहेको बताए । ती घरहरु बनाउदा १२ करोड ४८ लाख खर्च हुनेछ । एउटा घरकोे ३ लाख निर्माण लागत पर्नेछ ।

बम्घा, चोरकाटे, हुंगा, रुपाकोट, बलिथुम, बामी टक्सार मुसिकोट, रुरु लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीहरुको उपहार स्वरुप घर निर्माणको कार्य थालनी भैरहेको भन्दै उनले सकिन लागेको बताए ।

उनले जनता आबास कार्यक्रम अन्तर्गत ती घरहरु बनाएको उनको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *