Uncategorized

प्रदेश ७ को नाम र राजधानी दुई तिहाईले पारित, कांग्रेसद्वारा मतदान बहिस्कार

१२ असोज, धनगढी । प्रदेश ७ को नाम सुदूरपश्चिम रहने  भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् । प्रदेश ७ मा ५३ सांसद छन् । दुई तिहाईका लागि ३६ मत आवश्यक थियो। उक्त प्रस्तावको पक्षमा ३८ मत परेको थियो ।

विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका १४ सांसदले भने मत हालेनन् । उनीहरुले बैठकसमेत बहिस्कार गरेका थिए ।

त्यस्तै राजधानी गोदावरी नगरपालिका २ तेघरीमा राख्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ ।

नाम र राजधानी पाउने सुदूरपश्चिम तेस्रो प्रदेश हो । यसअघि कर्णाली र गण्डकी प्रदेशले आफ्नो नाम र राजधानी तोकिसकेका छन् ।

प्रदेशसभाले प्रदेशको नाम र राजधानी चयन गर्नका लागि नेकपाका सांसद तारा लामा तामाङको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । उक्त समितिले केही दिनअघिमात्र प्रतिवेदन दिएको थियो । समितिको प्रतिवेदन अनुसार नै प्रदेशको नाम र राजधानी पारित भएको हो ।
शुक्रबार प्रदेशसभा बैठकमा संसदीय समितिको प्रस्तावमाथि छलफल गर्ने वा नगर्ने भन्दै प्रदेश सभा सदस्यहरुको मत मागिएको थियो । बहुमत सदस्यले छलफल गर्ने भनेपछि उक्त प्रस्तावमाथि छलफल सुरु भएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *