Banner News

दशै कसको पर्व हो ?

दशै कसको पर्व हो ? उत्तर सहजै छ, दशै नेपालीहरुको पर्व हो । हामी बर्तमानमा छौँ । धर्म निरपेक्ष देशमा छौँ । धर्म निरपेक्ष राज्य ब्यबस्थाले दशै नेपाली पर्व हो भनेर बोलिसकेको छ । संविधानले बोलिसकेपछी संविधान मान्ने जनहरुले दशै हाम्रो होइन भन्नू एकदम गलत हुनेछ ।

हिजोको ब्यबस्थामा खस भाषालाई मात्रै राष्ट्रिय भाषा मानिन्थ्यो । दौरा शुरुवाल र कालो टोपीलाई नेपाली पोशाक मानिन्थ्यो र दशै तिहारलाई हिन्दुहरुको महान चाड भनेर भनिन्थ्यो । तर अहिले नेपाल भित्र बोलिने सवै भाषालाई राष्ट्रिय भाषा भनिन्छ । सवै जातीहरुले लगाउने भेषभुषालाई नेपाली पोशाक भनिन्छ । देश धर्म निरपेक्ष भइसकेपछि देश भित्र मनाइने जति पनि पर्वहरु छन् यी सबै राष्ट्रिय पर्वहरु हुन् । त्यसैले अहिले दशै कसको थियो वा कसको हो भनेर सवाल उठाउने समय होइन ।

यो जुत्ने समय हो । फुट्ने समय होइन । दशै हाम्रो होइन भनेर बिबाद झिक्ने समय होइन । दशै सवैको घरघर आइसकेको छ । यो दशै मान्ने समय हो । दशै मेरो नहुन सक्छ, दशै तेरो नहुन सक्छ तर दशै हाम्रो र हामी सबैको हो । ल्होसार मेरो नहुन सक्छ, तेरो नहुन सक्छ तर यो हामी सबैको नेपाली चाड हो । वलै यसलाई हिन्दुहरुको भनिन्छ । के हिन्दू नेपाली होइन ?

ईतिहास सिसाकलमले लेखिएको रेखा होइन, जसलाई इरेजरले मेटेर मेट्न सकियोस् । ईतिहास भनेको समय रेखा हो यसलाई कसैले मेट्न सक्दैन । जंगबहादुरले पूर्वी नेपालमा जासुसी पठाएर जवरजस्ती मनाउन लगाएको भनिएपनि त्यो हिजोको समय थियो जतिखेर जंगेको तानाशाही तन्त्र भित्र देश बन्दकी थियो । तर आज हामी बर्तमानमा छौँ । हाम्रो बर्तमानले भनिसकेको छ कि, हो इतिहासमा गल्तिहरु भएका थिए । ती गल्तिहरुलाई सच्याउनु पर्छ । सच्याउनुको अर्थ कुनै जाती वा धर्मलाई निषेध गर्नु भनिएको होइन । सबै धर्म, जातिहरुलाई बरावर अधिकार सम्पन्न गरिएको हो । यसैलाई नेपालको कानुनले धर्म निरपेक्ष भनेर बोलेको छ ।

धर्म निरपेक्षले बोल्छ, दशै तिहार मनाइनु पर्छ, ल्होसार, माघे पर्व, छद, इद, कृसमस सबै मनाउनु पाउनु पर्छ । आफ्नो पर्व सबैले मनाउन पाउनु जनताको अधिकारको कुरा हो । मनाउन मन छ मनाउने । मनाउने मन छैन नमनाउन पनि पाउछ । तर एकताबद्ध रहेको नेपाली समाजलाई बिभाजन गर्नसक्ने खालका अभिव्यक्ति दिने सम्प्रदायिक तत्वहरुलाई वेलैमा चिन्न जरुरी छ । ती ब्यक्तिहरु धर्मको नाममा राजनिती गर्न चाहेका हुन् ।

दशै वाली भित्र्याउने पर्वको रुपमा पनि लिने गरिन्छ । दशै हिन्दुहरुको महान चाड पनि भनिन्छ । ती बाली भित्र्याउनेहरु नेपाली हुन् । दशैलाई महान चाड मान्ने हिन्दुहरु पनि नेपाली हुन् । उनिहरुसंग पनि नेपाली नागरिकता छ । त्यसैले उनिहरुले मनाउने दशै पनि नेपालीहरुको महान चाड हो । इतिहास कोट्याउने हो भने धेरै कुरा निस्किनेछ । हाम्रो नेताहरुले सिकाउने गरेको इतिहासमा खास सत्यता छैन । ईतिहास बताउँछन् त अतिरन्जित ईतिहास बताउँछन् । अब हामी आफैले सुन्दर ईतिहास लेख्नुपर्छ । जहाँ हिन्दुले क्रीसमस मनाओस, क्रिश्चियनले दशै तिहार मनाओस । बौद्ध धर्मावलम्बीले छद, इद मनाओस । मुसलमानले पनि दशै, तिहार, छद, जनैपूणिर्मा, क्रीसमस मनाओस । तब देश बन्छ । यो देश बनाउने महान समर हो ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *