Uncategorized

विपिन र बर्षाको ‘जात्रै जात्रा’को घोषणा

फागूण १७ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरिएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदिप भट्टराइको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको निर्माण घोषणा गरिएको हो । यो चलचित्रको छायांकन कात्तिक ११ गतेबाट सुरु हुनेछ । ३५ दिन लगाएर चलचित्रलाई असन र बौद्धमा खिचिनेछ ।

यो चलचित्र विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् भने सिंगे लामा र यादव पौडेलको लगानी रहेनछ । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले ‘जात्रा’बाट सबैको माया पाएको भन्दै त्यो भन्दा राम्रो काम यसमा गर्ने बताए । नायिका बर्षा राउतले फेरि पनि यो टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै, चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले चलचित्रको कथा ‘जात्रा’को भन्दा पनि उत्कृष्ट भएकाले निर्माण गर्न लागेको बताए । निर्देशक प्रदिप भट्टराइले आफूलाई ‘त्र’ खुबै फापेको बताए । यसैले पनि ‘जात्रै जात्रा’ सफल हुने उनको भनाई थियो ।

कार्यक्रमका विशेष अतिथी कलाकार हरिवंश आचार्यले ‘जात्रा’ले नयाँ रेकर्ड बनाओस् भन्दै शुभकामना दिएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *