Uncategorized

एनआरएनए फिनल्याण्ड बन्यो महोत्तरीका ५५ बालबालिकाहरुको अभिभावक

फिन्ल्याण्ड / गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिनल्याण्ड ५५ जना बालबालिकाहरुको अभिभावक बनेको छ।

महोत्तरी जिल्ला रामगोपालपूर नगरपालिका वडा नम्बर ५ मा विद्यालय जानबाट बन्चित ५५ जना बालबालिकालाई विद्यालय भर्ना गरेर उनीहरुको अभिभाकत्व ग्रहण गरेको हो।

आफ्नो स्थापनाकालदेखि नै बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उक्त सस्थाले यो वर्ष भने नेपाल सरकारले सुरु गरेको विद्यालय भर्ना अभियानमा सहयोग पुर्‍याएको हो। यसका लागि गर्न गत अगस्टमा हेल्सिन्कीमा नेपालका लागि दौड ‘रन फर नेपाल’ कार्यक्रमको आयोजना गरेको थियो .

उक्त प्रतियोगितामा दौडन चाहने ब्यक्तिहरुलाई फिन्ल्याण्डमा बसोबास गर्ने नेपाली र फिनिश ब्यक्ति तथा सघसस्थाहरुले स्पोन्सोर गरेका थिए। यसरी सकलन गरिएको रकम शिक्षा मन्त्रालय, शिक्षा विभाग र रामगोपापुर नगरपालिकाको समन्वयमा बिभिन्न कारणले विद्यालय जान नसकेका बालबालिकाको शिक्षामा खर्च गरिएको हो।

विद्यालय बाहिरका ५ देखि १२ बर्षका बालबालिकाहरुलाई स्थानिय जनता प्रा बि र रामगोपालपुर उच्च माबिमा भर्ना गराइँ पठन पाठनको सुनिस्चितता गरिएको छ। बालबालिकालाई यही असोज १५ गते दुबै विद्यालयको प्राङणमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र गैर आवासीय नेपाली सघ फिन्ल्याण्डका उपाध्यक्ष श्रवण खनालले सयुक्त रुपमा माला लगाएर स्वागत गरे।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पोखरेलले रामगोपालपुर नगरपालिकाको वडा नम्बर ४ र ५ पूर्ण साक्षर घोषणा गर्दै अब विद्यालय नपठाउने अभिवावक समेत सजायको दायरामा आउने कानुनी ब्यवस्था भएको जानकारी दिए।

विद्यार्थीहरुलाई विद्यालय पोशाक, पुस्तक, झोला , स्टेसनरी, साबुन, मन्जन जस्ता घरायसी सामग्रीहरु प्रदान गरियो। कार्यक्रमको प्रभावकारीता र दिगोपनका लागि एनआरएनए फिनल्याण्ड, विद्यालय, अभिभावक र नगपालिकाका प्रतिनिधि समेटेर अनुगमन समिति निर्माण गरिएको छ ।

अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन तथा घरमा समेत पढ्ने वातावरण सिर्जना गर्न हरेक वर्ष उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार र सम्मान गर्ने ब्यबस्था पनि छ।

उक्त कार्यक्रममा शिक्षा बिभागका महानिर्देशक बाबुराम पौड्यालले देशभरीको निरक्षरताको अवस्थाबारे प्रकाश पार्दै २०७६ साल भित्र देशलाई निरक्षर मुक्त घोषणा गरिने बताए।

एन आर एन ए फिन्ल्याण्डका प्रतिनिधि श्रवण खनालले प्रबाशमा रहेका नेपालीमा आफ्नो जन्मभूमिका लागि केहि गरौ भन्ने भावना सदैव जागिरहने बताए। उनले अन्य जिल्लाहरुमा पनि यस्तै सहयोग गर्दै नेपालबाटै निरक्षरता उन्मुलन गर्न संघले भूमिका निभाउने विश्वाससमेत ब्यक्त गरे।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *