Banner News

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई रिहा

असोज २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई रिहा भएका छन् । नेकपाका सगरमाथा ब्यूरो ईन्चार्जसमेत रहेका राईलाई संखुवासभा जिल्ला अदालतको आदेशमा मंगलबार रिहा भएका हुन् ।

नेता राईलाई गएको साउन २९ गते सुनसरीको धरानबाट गिरफ्तार गरेको थियो । राईलाई असोज १८ गते उदयपुर जिल्ला अदालतले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी संखुवासभा लगिएको थियो । उनलाई मंगलबार अदालतको आदेशमा रिहा भएका हुन् ।

यसअघि राईलाई भाद्र २१ गते सुनसरी जिल्ला अदालतले रिहा गर्न आदेश दिइएकोमा भोलिपल्ट २२ गते पुनः गिरफ्तार गरी उदयपुर लगिएको थियो । त्यहाँ ‘विष्फोटक पदार्थ’ र ‘ज्यान मार्ने उद्योग’मा मुद्दा चलाइएको थियो । त्यसमा उदयपुर जिल्ला अदालतले यही असोज १८ मा रिहाई गर्न आदेश दिए पनि लगत्तै पुनः गिरफ्तार गरी संखुवसभा पुरयाइएको थियो ।

त्यस्तै विराटनगर उच्च अदालतको आदेशमा सोमबार झापा ईन्चार्ज सौगात, सेक्रेटरी सुमनसिंह पौडेल र मजदुर नेता चमनलाल पनि रिहा भएका छन् । गएको भदौ १२ गते मध्यराति इलामबाट तीन नेतासहित १२ जनालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राख्दै आएको थियो ।

उनीहरु ४१ दिनपछि हिजो भएका छन् । बाँकी अन्य नेता कार्यकर्ता प्रशान्त, सुबास, चमनलाल, संजय, सेसेहाङ्ग, भिम, सुरेन्द्र , चित्र, मोहन बराल भने गत हप्ता रिहा भइसकेका छन् ।

रिहाई भएका नेताहरुले सरकारले आफूहरुलाई झुठा मुद्दामा फसाउने खोजेको भन्दै आपत्ति जनाउँदै त्यस्ता हर्कत तत्काल रोक्न सरकारसँग माग गरेका छन् । रिहाईको लागि पहल गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । साथै नेकपामा आवद्ध रहेर देश र जनताको न्याय र मुक्तिको पक्षमा सधैं दृढतापूर्वक लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

देशभरका हिरासत जेलमा बन्दी बनाई राखिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई बिनासर्त तत्काल रिहा गर्न माग समेत गरेका छन् ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *