Uncategorized

युरोप यात्रापछि मिलन लामाले सुरू गरे शिक्षाका लागि संगीत अभियान

बार्सिलोना। समाजसेवामा सक्रिय रहँदै आएका लोक तथा दोहोरी गायक मिलन लामाले शिक्षाका लागि संगीत अभियान ल्याएका छन्।

झन्डै ३ महिना लामो युरोप यात्रा सकेर नेपाल फर्किएका गायक लामाले यस्तो अभियान ल्याएका हुन्। उनले हालै युरोपका बिभिन्न मुलुकहरुमा गरी १८ वटा कार्यक्रमहरु गरेर फर्किएका थिए।

उनले आफ्नो सामाजिक अभियान केही परिवर्तन भएको समेत बताएका छन्। लामाले भने, ‘देशभरका बिभिन्न ठाउँहरुमा पुगेर बिपन्न र गरीब छात्रछात्राहरुलाई नोटबुक र कलम बितरण गर्ने सोच बनाएको छु । अहिलेलाई १ हजार प्रति छापेको छु तर मेरो लक्ष्य १ लाखसम्म बितरण गर्ने रहेको छ।’

विद्यालय पुगेका तर आर्थिक अभावले कापी कलमसमेत किन्न सक्षम नभएका ६ कक्षा देखि १० कक्षासम्म अध्ययन गरिरहेका स्कुले छात्राछात्रहरुलाई शैक्षिक सामग्री बितरण गरिने उनले बताए। ‘गीत गाउँदै माया बाँड्ने मेरो अभियान हो,युरोपका कतिपय ठाउँहरुमा सामाजिक अभियानकै लागि भए पनि कार्यक्रम गरिदिनु भयो,यसले मलाई झन् ठुलो प्रेरेणा मिलेको छ,’ उनले भने।

यसअघि गायक लामाले गरीब तथा बिपन्न वर्गहरुलाई सय वटा घर बनाउने घोषणा गरेको थिए। तर, उनले यसलाई आफ्नो जीवनकाल भरिको योजना भएको बताए।

गायक लामा भन्छन्, ‘मैले आँफूले गीत गाएर कमाएको पैसा सामाजिक अभियानमा मिसाउदै आएको छु। मेरो आवाज मेरा लागि मात्र हैन,शिक्षाका लागि संगीत अभियानका लागि पनि हो।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *