Uncategorized

असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण

२२ असोज, काठमाडौं ।  ‘सोसियल सस्टेनेबल युथ फाउण्डेसन’ ले आउँदै गरेको महान चाड दशैँको अवसरमा किर्तिपुरमा रहेको उक्त चिल्ड्रेन होमलाई त्यहाँ रहेका २५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । किर्तिपुरमा रहेको माया घरमा पुगेर युथ फाउण्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । फाउण्डेसनले बालबालिकालाई खेलकुद खेलाई उत्कृष्ट हुनेलाई उपहार समेत प्रदान गरेको छ ।

साथै आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले यस युथ फाउण्डेसनले निःसहाय बालबालिकालाई शैक्षिक सामग्री समेत वितरण गरेको हो । गुणस्तरीय शिक्षामा टेवा पुर्‍याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले अयोजना गरिएको उक्त कार्यक्रममा सोसियल सस्टेनेबल युथ फाउण्डेसनका सम्पूर्ण टिमले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

उक्त संस्थामा आश्रीत सम्पूर्ण बालबालिकाको उचित स्याहार–शुसार, पठन–पाठन, खान–पान तथा उनीहरुको समुचित विकाशका निम्ति हुने खर्चका लागि उक्त कार्यक्रममा संचालन गरेको हो।
साथै उक्त कार्यक्रमलाई सफल गर्नको निम्ति डाबर रियलको तर्फबाट रियल उपलब्ध गराई युथ फाउण्डेसनलाई सहयोग थियो। सहयोग गरेकोमा धन्यबाद दिंदै आगामी दिनमा पनी सहयोग अप्यछ्या गरेको युथ फाउण्डेसनका अध्यक्षले जानकारी दिए।

युथ फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्था हो । साथै आगामी दिनहरुमा यस्ता सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अझ प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत यूथ फाउण्डेसनले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *