Uncategorized

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

२२ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजपाले आफूसँग भएको सहमति सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेको छ । ‘सरकार गठन भएको ७ महिना बितिसक्दा पनि यहाँको तर्फबाट अहम सवालहरुमा हालसम्म कुनै पहल नहुनु दुर्भाग्यपूर्ण हो’ ज्ञापन पत्रमा भनिएको छ ।

आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई सपथ ग्रहण गराउनुपर्ने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने राजपाको माग छ । नभए समर्थन फिर्ता लिने बताएको छ ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *