Uncategorized

स्पेनका बिष्टले बनाए ‘जेठोकाजीको वन वीक टुर’

बार्सिलोना । नेपाली चलचित्रको बजारले तहल्का पिटीरहेको बेला छोटा नेपाली चलचित्रहरु (सट मुभी) बन्ने क्रम पनि बढ्दो छ।

पछिल्लोक्रममा निर्माण भएको बहुप्रतिक्षित चलचित्र हो ‘जेठोकाजीको वन वीक टुर’ । एक दशक भन्दा लामो समय स्पेनलाई कर्म थलो बनाएका चर्चित फोटोग्राफर सुबास बहादुर बिष्टले यसको निर्देशन गरेका हुन्।

चलचित्रकी निर्माता कृपा थापा बिष्टका अनुसार चलचित्रको प्रिमियर शो अक्टोबर १० तारिख घटनास्थापनाको उपलक्ष्यमा देखाईने भएको छ। बार्सिलोनाको सिनेमा जिरोना हलमा प्रदशन हुने पहिलो शो निःशुल्क समेत रहने बिष्टले बताइन्।

स्ट्रिट प्रोडक्सनको  निर्माणमा बनेको चलचित्र बारे निर्देशक बिष्ट भन्छन्  ‘हामीले बालमनोबिज्ञानलाई जोड दिदै चलचित्र बनाएका छौ। १२ बर्षको एउटा बालकको दिमाखमा के खेलिरहेको हुन्छ त ? परिबार नजिक र टाढा हुँदा उसले प्रस्तुत गर्ने हाउभाउलाई चलचित्रमा कैद गरेका छौ।’

चलचित्रमा जेठोकाजी अर्थात् मुख्य कलाकारको भूमिकामा रहेका छन् पार्थ कोईराला। उनको आमाको भूमिका छन् भीमा मैनाली। जेठोकाजीको वन वीक टुरमा श्रदा गिरी, राजेन्द्र खरेल, दीक्षा शाह, प्रताप दाहाल, साधाना भण्डारी, श्याम खड्का, गीता थापा, दीक्षा जिम्बा र पाण्डव थपलियाले अभिनय गरेका छन्।

निर्देशक बिष्ट भन्छन्, ‘हामीले दशैको  उपहार स्वरूप बार्सिलोनाबाट निशुल्क प्रिमियर गर्दैछौ स्पेनबासी नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गर्दछु। बिभिन्न फिल्म फेस्टिबलहरुमा जेठोकाजीलाई पुर्याउने कोशिस पनि गर्ने छौ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *