Uncategorized

यु-१९ एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने

१९ असोज, काठमाडौं । यु-१९ एसिया कपको उपाधिको लागि भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेशमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गरेर फाइनल प्रवेश गरेको हो ।

यता, भारतले भने बिहीबार भएको सेमिफाइनलमा बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनल पुगेको थियो ।

२१० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले४८.३ ओभरमा सबै विकेटको क्षतिमा १७८ रन मात्रै बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २०९ रन बनाएको थियो ।

भारत र श्रीलंकाबीचको फाइनल खेल आइतबार हुनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *