Uncategorized

म्यानमारको विकेट पतन सुरु, नेपाललाई दोस्रो सफलता

१७ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा नेपाल र म्यानमार भिडिरहेका छन् ।

पहिलो ओभरमा विकेट गुमाएको म्यानमारले दोस्रो ओभरमा फेरि अर्को विकेट गुमाएको छ । म्यानमारको पहिलो विकेटको रुपमा को को लिन थुलाई ४ रनमा ललितसिंह भण्डारीले आउट गराएका थिए ।

दोस्रो ओभरमा करण केसीले खिन अयेको विकेट लिएका हुन् । सुरुवातमै २ विकेट गुमाएको म्यानमार निकै दबावमा आएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले २ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ७ रन बनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *