Uncategorized

नाम जुधाएको भन्दै कट्टेलद्वारा सत्तारुढ दलविरुद्ध सर्वोच्च जाने चेतावनी

७ कात्तिक, काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सत्तारुढ दललाई आफूहरुको पार्टीको नाम दिएर पहिचान मेट्न खोजेको भन्दै सर्वोच्च अदालत जाने चेतावनी दिएको छ ।

बुधबार निर्वाचन आयोगमा आयोजित छलफलमा कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले आफ्नो निर्णय नसच्याई सत्तारुढ नेकपाको नाम अहिलेकै कायम राख्ने हो भने सर्वोच्च जाने चेतावनी दिएको हो ।

कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिलेदेखि क्रियाशील थियो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखिएको थियो । त्यसपछि आफ्नो पार्टीसँग मिल्दोजुल्दो नम दिएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

आयोगले उक्त निवेदनमाथि छलफलका लागि दुबै नेकपाका प्रतिनिधिलाई बोलाएको थियो । बैठकमा कट्लेन नेतृत्वको नेकपाले आफूहरुको पहिचान मेटाउन खोजेको भन्दै आपत्ति जनाएको थियो । पार्टीका सचिवालय सदस्य कृष्णहरि भट्टले छलफलपछि पत्रकारसँग भने ‘निवाचन आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिएर हाम्रो पहिचान मेटाउन खाजेको छ, यो निर्णय नसच्याए सर्वोच्च अदालतसम्म जान्छौं ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिहरुले भने आफूहरुको नाम पुरानो नेकपासँग नजुध्ने तर्क गरेका थिए । सत्तारुढ नेकपा प्रतिनिधि मुक्ति प्रधानले नाम नजुधेकाले संविधानको धारा ४१ विपरीत नहुने जिकिर गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *