Uncategorized

वीरगञ्जमा बेवारिसे शव फेला

१७ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बेवारिसे शव फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका– ६, महावीर मन्दिरको दक्षिणपट्टी राजेशजी नाम गरेका व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

वीरगञ्जमा मागेर गुजारा चलाउँदै आएका उनी भारतीय नागरिक भएको अनुमान गरिए पनि परिचय खुल्न सकेको छैन ।

राति अत्यधिक मदिरा सेवन गरेका कारण उनको मृत्यु भएको हुनसक्ने आंशका प्रहरीले गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *