Uncategorized

बंगबन्धु गोल्डकप : पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

१६ असोज, काठमाडौं । बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप फुटवलमा नेपालले खराब सुरुवात गरेको छ ।

मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २-० ले पराजित भयो । २७ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको ताजकिस्तानले ६९ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

पहिलो खेलमा पराजित भएपछि नेपाललाई सेमिफाइनल प्रवेश कठिन बनेको छ । साविक विजेतासमेत रहेको नेपाल रहेको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् । समूहका उत्कृष्ट दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *