Uncategorized

भैंसीको सुत्केरी भत्ता लिन निवेदनको ओइरो !

२८ असोज, काभ्रे । दूध उत्पादनको आत्मनिर्भर जिल्ला हो काभ्रे । दैनिक २ लाख २० हजार भन्दा बढी दूध राजधानीमा काभ्रेबाटै भित्रने गर्छ ।

दूध उत्पादन गर्ने किसानहरुका लागि काभ्रेको पनौती नगरपालिकाले असारमा सम्पन्न तेस्रो नगरपरिषद्बाट भैंसिलाइ सुत्केरी भत्ता दिने निर्णय गरेको थियो ।

पनौती नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाका अनुसार तीन महिनामा नै २ सय १३ जना किसानले पशुको सुत्केरी भत्ता लिन निवेदन पेश गरिसकेका छन् ।

‘हामीले नगरपरिषद्बाट पहिलो वेतका भैंसीलाई ५ हजार र दोस्रो वेत देखि २ हजारका दरले किसानहरुलाइ भैंसि सुत्केरी भत्ता व्यवस्था गर्न लागेका हौं,’ सापकोटाले भने, ‘दशैं लगत्तै १२ वटै वडामा हामीले भैंसीको सुत्केरी भत्ता वितरण थाल्छौं ।’

हालसम्म ४७ वटा पहिलो वेतका भैंसीको लागि निवेदन आएको छ । बाँकि १ सय ६६ वटा रहेको छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *