Uncategorized

तीस हजार घुससहित प्रहरी हवल्दार पक्राउ

१६ असोज, बर्दिबास । भन्सारको सामान छुटाइदिने भन्दै ३० हजार घुस लिएका सर्लाहीका प्रहरी हवल्दार नरुल अन्सारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनले भारतसँगको सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राही घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

मलंगवा नगरपालिका १० स्थित टावरचोकबाट उनलाई आयोगको बर्दियास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *