Uncategorized

अमेरिका, फ्रान्स र क्यानडाका वैज्ञानिकले जिते भौतिकशास्त्रतर्फको नोबल पुरस्कार

१६ असोज, काठमाडौं । यसवर्षको भौतिकशास्त्रतर्फको  नोबल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

अमेरिकाका आर्थर आस्किन,फ्रान्सका जेरार्ड मुराउ र क्यानडाकी डोना स्ट्रिकल्याण्डलाई भौतिकशास्त्र तर्फको नोबल पुरस्कार दिइएको मंगलबार घोषणा गरिएको छ ।

जसमा आस्किनलाई आधा र बाँकी दुई जनाले आधा पुरस्कार पाएका छन् । लेजर फिजिक्सको क्षेत्रमा गरिएको अभूतपूर्व उपलब्धीका लागि उनीहरुलाई नोबल पुरस्कार दिइएको रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले जनाएको छ ।

यो पुरस्कारको रकम १ मिलियन अर्थात १० लाख अमेरिकी डलर रहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *