Uncategorized

राष्ट्रसंघमा भारतीय विदेशमन्त्रीले गरिन् पाकिस्तानको चर्को आलोचना

१३ असोज, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानको चर्को आलोचना गरेकी छन् । साथै राष्ट्रसंघको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् ।

महासभाको ७३ औं सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानमाथि आतंकवादलाई बढाएको आरोप लगाएकी छन् । ओसामा विन लादेन मारिएपछि सबै तथ्य बाहिर आएपनि पाकिस्तानलाई कुनै ग्लानी नरहेको भन्दै उनले भनिन्, ‘९/११ का मास्टरमाइण्ड त मारिए तर, २६/११ का मास्टरमाइन्ड हाफिज सइद अहिले पनि पाकिस्तानमा चुनाव लडिरहेका छन् ।’

भारतले कयौं पटक पाकिस्तानसँग कुरा गर्न खोजेको तर, एकपछि अर्को आक्रमण भएको उनले बताइन् । विदेशमन्त्री स्वराजले भनिन्, पाकिस्तान आतंकवादीहरुलाई स्वतन्त्र सेनानी भनिरहेको छ । जसले हामीमाथि आक्रमण गर्छ, उसलाई बहादुर घोषणा गरेर सम्मान गर्छ ।’

उनले राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठाउँदै आतंकवादलाई परिभाषित गर्न आग्रह समेत गरेकी छन् । भारतीय विदेशमन्त्री स्वराजले भनिन्, ‘राष्ट्रसंघको गरिमा र उपयोगिता समयसँगै कम भइरहेको छ । राष्ट्रसंघमा सुधार आवश्यक छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *