Uncategorized

पुस १४ देखि विराट एक्स्पो

२४ असोज, विराटनगर । विराटनगरमा बुधबारदेखि विराट ट्रेड एक्स्पो आयोजना हुने भएको छ ।

मोरङ व्यापार संघको आयोजनामा ६ पुसदेखि १४ गतेसम्म विराट ट्रेड एक्स्पो आयोजना हुने भएको हो ।

आयोजक मोरङ व्यापार संघले बुधबार पत्रकार सम्मेलन गरी उत्पादन र उपभोक्ताबीच सम्बन्ध स्थापना गर्नको लागि एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको छ ।

एक्स्पोमा स्वदेशी उत्पादनका साथै भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादन र प्रर्दशनीसमेत रहने छ ।

मोरङ व्यापार संघ मेला तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीकाले उपभोक्ता र उत्पादनहरुलार्य एकै स्थानमा भेला गराई उद्योगी व्यवसायीबीच औद्योगिक र उपभोग्य वस्तुहरु लगानीका नयाँ प्रविधि सम्बन्धमा आपसी जानकारी आदान प्रदान गर्न एक्स्पोको आयोजना गर्न लागेको बताए ।

राठीका अनुसार एक्स्पोलाई मुख्यतः चार मागमा विभाजन गरी छुटाइएको छ ।

जसमा औद्योगिक प्रर्दशनी तथा बिक्री कक्ष, साँस्कृतिक तथा सांगीतिक क्षेत्र, वाल उद्यान तथा मनोरञ्जन र खानपानको क्षेत्र रहने छन् ।

एक्स्पोमा अटोमोवाइल्स, बैक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण समाग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण तथा जुत्ता चप्पल प्रदर्शनीमा रहनेछन् ।

२ सय ५० वटा स्टल रहने एक्स्पोमा ३ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *