१२ असोज, काठमाडौं । अल्फा बिटाले आउँदो आइतबार ‘अल्फा बिटा नर्थ अमेरिकन एजुकेशन फेयर’ गर्ने भएको छ । उक्त मेलामा अमेरीका, क्यानडा तथा ग्रेनडाका १६ वटा विभिन्न कलेज तथा विश्वविद्यालयहरुले सहभागिता जनाउने अल्फ बिटाले जानकारी दिएको छ ।
शैक्षिक मेला काठमाडौंकाे बुद्धनगरस्थित अल्फा बिटा कमप्लेक्सको चौथो तल्लामा आयोजना गरिने जनाइएको छ । मेलामा विद्यार्थी तथा अभिभावकहरुले शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग भेट गरी शुल्क, विषय तथा अध्ययन पछिका विकल्पकाबारे पनि परामर्श लिन सक्ने बताइएको छ ।



