अर्थ/बाणिज्य गृह समाचार

भन्सार छलेर ल्याएको दुई लाखको सामान बरामद

२३ साउन, डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अवैध रुपमा भन्सार छलेर ल्याएको दुई लाख बराबरको सामान बरामद गरेको छ ।

जिल्लाको भित्रिमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा मंगलबार भन्सार छलेर ल्याएको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

परशुराम नगरपालिका-१२ सिद्धथान नजिकै सडक छेउमा छोडिएको अवस्थामा सानाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जोगबुडाको गस्ती टोलीले उक्त बेवारिशे सामान फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताएका छन् ।

बरामद गरिएका समानहरुमा लेडिज सुट ९० जोर, धोती ७१ थान, पपलिन कपडा २८ थान, साडी १३ थान मेक्सीको कपडा १० थान र लेहङ्गा १२ थान छन् ।

उक्त समान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरी भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरी निरीक्षक साउँदले बताए ।

अवैध समान भारतको टनपुर भएर जोगबुडाको तातापानी नाकाबाट भित्रिने गर्दछ ।source:onlinekhabar

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *