Banner News समाचार

३३ किलो सुन र हत्या प्रकरणमा एसएसपी नै छानबिनमा

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् ।

प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *