काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग स्थापनाका लागि लगानीमैंत्री वातावरण निर्माणमा जोड दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् । मन्त्री यादवले बिहिबार सबै प्रदेशका उद्योग मन्त्रीहरुसँग काठमाडौंका सामूहिक भेट गरी उद्योगका लागि लगानी गर्ने सहज वातावरण बनाउन आग्रह गरेका हुन् । त्यस अवसरमा उनले संविधानमा आधारित रहेर कर प्रणालीलाई सहज बनाउनुपर्ने पनि […]
Author: purnakhabar
सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, सय बढी स्टल
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना सुरु भएको एक्स्पोको एक कार्यक्रमका बिच नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट […]
क्रिकेट स्टेडियम र नमुना नेपालको काम अगाडि बढ्छः सिताराम कट्टेल
काठमाडौं– हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेलले आज जन्मदिन मनाएका छन् । रेडियो अडियोले आयोजना गरेको एक कार्यक्रममा उनले जन्मदिन सेलिब्रेसन गरेका हुन् । सिमित सञ्चारकर्मी र कलाकार उपस्थित रहेको कार्यक्रममा सितारमकी पत्नी समेत रहेकी अभिनेत्री कुञ्जनाले सितारामको जन्म आफ्नो लागि भएको बताइन् । ‘सिताराम उहाँको नाम बाबा आमाले राखिदिनु भएको होला । तर, उहाँ मेरो […]
रौतहटमा दिनदहाडै ३ लाख लुटियो
संजय मिश्रारौतहट– रौतहटमा बिहिबार दिनदहाडै झण्डै तीनलाख रुपैयाँ लुटिएको छ । जिल्ला सदरमुकाम गौरस्थित पाण्डव किराना पसल गौरका दुईजना कर्मचारीहरुको २ लाख ९४ हजार रुपैयाँ लुटिएको हो ।जिल्लाको कटहरिया बजारबाट किराना पसलेहरुसँग बक्यौता रकम संकलन गरेर ना ३७ प ५२५९ नम्बरको मोटरसाईकलमा फर्किने क्रममा गरुडा नपा ५ महमदपुर इँट्टा भट्टा नजिकै लुटेरा समुहले उक्त रकम […]
अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याईन्छ : गृहमन्त्री थापा
काठमाडौँ–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समुहले आज हत्या गरेका खुर्शिद अन्सारीको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् । आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।प्रतिनिधिहरुसँगको भेटमा उनले भने, ‘यो घटनालाई मैले गम्भिर रुपमा लिएको […]
फिफा वरियतामा नेपाल एक स्थान माथि
काठमाडौँ– फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६० औँ स्थानमा रहेको छ । गत महिना नेपाल १६१ औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो । फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा […]
‘होम मेड’ पेस्तोलसहित घोराहीबाट एकजना पक्राउ
काठमाडौं– दाङको घोराही उप–महानगरपालिका–१२ बस्ने २१ वर्षीय जुनकुमार बुढा अवैध पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बुढालाई घोराही उप–महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको बताइएको छ ।दाहिने कम्मको पाईन्टमा च्यापेर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको रिभल्वर पेस्तोल होम मेड रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।यसैबीच, आईएमओ बाट […]
नवलपरासीमा लागु औषधसहित ३ जना पक्राउ
परासी–जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सनईबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका ६ पडरीबाट ति ३ जना युवालाई लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्राम नगरपालिका १६ बस्ने २२ बर्षिय अभिनास भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँ बस्ने १८ बर्षिय जमाल देवान र २६ बर्षिय सहरत […]
प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित
काठमाडौं– प्रतिनिधिसभाका १० वटै विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् । यद्यपी निर्वाचित भएको घोषणा भने शुक्रबार मात्रै हुनेछ । निर्वाचनका लागि आज उम्मेदवारी दिने कार्यतालिका रहेको थियो । जसमा दश वटै विषयगत समितिका सभापतिका लागि एक–एक जनाको मात्रै उम्मेदवारी परेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला […]
लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षबाट शपथ ग्रहण
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चुनेको छ ।नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरे । उक्त अवसरमा नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था […]








