काठमार्डौ । ओपोले तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ ।काठमाडौंको कमलपोखरी स्थित आफ्नै ग्राहक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई परस्कृत गरेको हो ।ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीका अनुसार आफ्ना उपभोक्ताहरुसंग ‘तीज’को खुशी साट्ने सोचका साथ सो सेल्फी […]
Author: purnakhabar
महाभियोग लगाए सामना गर्न तयार छु : दीपकराज जोशी
काठमाडौं–सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो । नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि रातोपाटीले न्यायाधीश जोशीलाई अब के गर्नुहुन्छ भनी सोधेको थियो । जवाफमा न्यायाधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने प्रतिक्रिया दिएका छन् […]
पाँच वर्षभित्र उत्पादन वृद्धि दोब्बर बनाउन लागौं : प्रधानमन्त्री ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएका छन् । काठमाडौँमा आजदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘पकेट’, ‘ब्लक’, ‘जोन’ र ‘सुपरजोन’ परियोजना लागू भएको जानकारी […]
देश र स्थानीय तहको स्थायी सङ्गठन संरचना बन्दै
काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायीरुपमा नै प्रदेश र स्थानीय तहको सङ्गठन संरचना बनाइरहेको छ । यसभन्दा अगाडि अस्थायीरुपमा बनाइएको सङ्गठन संरचनामा सुझाव आएपछि स्थायीरुपमा प्रदेश र स्थानीय तहको सङ्गठन संरचना सर्वेक्षण तयार पार्न थालिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र अर्थमन्त्रालयका सहसचिवद्वयको सदस्य रहेको […]
जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी, सुरु भयो हस्ताक्षर संकलन
काठमाडौं–सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङको सक्रियतामा सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो ।यसअघि जोशीले नेकपाका नेताहरुसँग सर्वोच्च्मा केही दिन फर्केर काम गर्ने अनि राजीनामा दिने सहमति गरेको बताइएको थियो । तर, जोशी सहमति विपरीत गएपछि पार्टीभित्र जोशीमाथि महाअभियोग लगाउनुपर्ने माग […]
ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?
जोहानेस माइबर्ग साओ पाउलो– ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरुसँग यथेष्ट रकम पनि छैन । अर्कैले प्रयोग गरिसकेको बुलेटप्रुफ (गोली छेक्न सक्ने) कार उनीहरुको रोजाइमा पर्न थालेको छ । साँच्चिकै सुरक्षाका लागि होस् वा अरुलाई देखाउन, निजी बुलेटप्रुफ कार धनदौलतको […]
अवैध सुनसहित विमानस्थलबाट सातजना प्रहरीको नियन्त्रणमा
काठमाडौं– दुबईबाट अवैध सुन बोकेर काठमाडौं आएका सातजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।विदेशबाट आउँदा ५० ग्राम सम्मको सुनका तयारी गहना ल्याउन पाउने भएपनि उनीहरुले प्रतिव्यक्ति ९९ देखि १०१ ग्रामसम्म तयारी सुनका गहना ल्याएको त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख डिआईजी कमल जिसीले रातोपाटीलाई जानकारी दिए ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–५ स्थायी घर भएका २९ वर्षीय मनोजकुमार तामाङसहित […]
अख्तियार प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
चितवनको कुमरोजमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालन
चितवन । ग्लोबल आइएमई बैंकले चितवनको खैरहानी नगरपालिका १२ कुमरोजमा आफ्नो १०३ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेका छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भयो । कुमरोजमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय राजेन्द्र श्रेष्ठ व्यवसायीक प्रतिनिधि नियुक्त भएका छन् । यो शाखारहित बैंकिङ्ग सेवा बैंकको टाँडी शाखा अन्तर्गत रहने […]
राजधानीमा पेट्रोलियम पदार्थको अभाव
काठमाडौं–ट्याङ्कर चालकले मंगलबारदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्दा राजधानीका पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लाग्न थालेको छ । दुई दिन मात्रै ढुवानी रोकिँदा उपत्यकाका केही पेट्रोल पम्ममा सटर लागेको छ भने खुलेका पम्पहरुमा पनि सवारी साधनको लाइन लागेको छ । नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले निगमसँग अझै ४५ हजार लिटर इन्धन स्टक रहेकाले अहिले नै हाहाकारको अवस्था […]





