हनोई– भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको यहाँको भूकम्पको सुचना र सुनामी चेतावनी सेन्टरले जानकारी दिएको छ । भूकम्पहरुको मापन भने स–साना नै रहेका छन् । सो भूकम्पहरु २.५ देखि ४.५ रिक्टर स्केलसम्मका रहेका छन् । भूकम्प प्रभावित क्षेत्रमा मानवीय र सपत्ति क्षति भने नभएको यहाँको भूगर्भ विभागले जानकारी दिएको छ । भितनामको पाँचवटा […]
Author: purnakhabar
३.७४ अंकले घटेको बजारमा आधा अर्ब बढीको कारोबार
काठमाडौं–बिहिबार सेयर बजार ३.७४ अंकले घटेको छ । घटेर बन्द भएको बजारमा ५५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १६७ कम्पनी कारोबारमा सामेल थिए । हेटल समुह, विकास बैंक र अन्य समुहमा बृद्धि भएपनि बाँकी सबै समुहमा गिरावट आएको छ । होटल समुह २०.५७ अंकले बढेको छ । विकास बैंक ४.६९ […]
एघार हजार क्षमतामा २० हजार कैदीबन्दी
–अच्युत रेग्मी काठमाडौँ– नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् । विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा क्षमताभन्दा झण्डै दुईगुणा कैदीबन्दीले जेलजीवन बिताइरहेका छन् ।काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल, डिल्लीबजार कारागार तथा दाङमा तुल्सीपुर र घोराही कारागार रहेका छन् । ७७ जिल्लामध्ये धनुषा, भक्तपुर, बारा, पूर्वी रुकुम र पूर्वी नवलपरासीमा कारागार छैन । कारागार व्यवस्थापन […]
त्रिपालको छानो बनाएर सुत्छन् कैदीबन्दी
कञ्चनपुर– वर्षौं पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् । पुराना भवन मर्मत सम्भारको कार्य नहुँदा छानाबाट पानी चुहिने भएकाले त्रिपाल राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । भवनमा वर्षौं पहिले लगाइएका इँटासमेत खिइएर झर्न थालेका छन् । पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको […]
साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
–आदित्य दाहाल साँखु– भूकम्प गएको झण्डै चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घरहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् । वि.सं २०७२ को भूकम्पबाट प्राचीन शहर साँखु बजारका मौलिक शैलीका धेरै घरहरु क्षतिग्रस्त भए । अहिलेसम्म भत्किएका धेरै घरहरु बनिसक्नुपथ्र्यो । तर, यहाँ पुनःनिर्माणको कामले गति लिएकै देखिएको छैन । साँखुलाई […]
काठमाडौं–तराई फास्ट ट्रयाकको डिपिआर बनाउने जिम्मा कोरियन कम्पनीलाई
काठमाडौं– नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराई फास्ट ट्रयाकको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) कोरियन कम्पनी सुसुङ्गले तयार गर्ने भएको छ ।आयोजनाको डिपीआर निर्माणका लागि आह्वान गरिएको इओआई मा आवेदन दिएका १७ कम्पनीमध्येबाट कोरियन सुसुङ्गलाई छनोट गरिएको आयोजना प्रमुख योगेन्द्रबहादुर खाँडले जानकारी दिएका छन् । बिहिबार जंगी अड्डामा पत्रकार सम्मेलन गरेर प्राविधिक उपरथी खाँडले कोरियन कम्पनी सुसुङ्गसँग […]
पार्टी एकताका लागि कार्य अघि बढेको छ : महामन्त्री थापा
इलाम– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताएका छन् । महामन्त्री थापाले पत्रकारसँग आज कुरा गर्दै अहिले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाए । थापाले भ्रष्टाचार बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको उल्लेख गरेका थिए । फरक प्रसङ्गमा थापाले देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको एकता […]
प्रतिनिधिसभामा शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौंता स्वीकृत
काठमाडौं– प्रतिनिधिसभाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नु भएको ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ सर्वसम्मतिले स्वीकृत गरिएको हो ।प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेस सुवालले विश्व शान्ति स्थापनाका लागि आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएका थिए […]
पत्रकारहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छः सभामुख महरा
काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सभामुख महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकारले नयाँ मुलुकी ऐन संशोधन गर्ने बचन आफूलाई दिएको जानकारी दिएका हुन् ।बिहिबार काठमाडौंमा आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देश र जनताको पक्षमा समर्पित भएर समाचार सम्प्रेषण गर्न […]
महासन्धि कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ : मन्त्री थापा
काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । महिला विकास र कानून मञ्चले आज यहाँ आयोजना गरेको महिलाविरुद्धको विभेद उन्मूलनसम्बन्धी महासन्धि विषयक छलफलमा मन्त्री थापाले महिलाका अधिकारलाई संविधानमा समेटिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने गरी कानून निर्माण भइरहेको बताइन् […]






