Journalist from Itahari
समाचार

सुनसरीमा गाेली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या, भाग्ने क्रममा प्रहरीलाई पनि गोली प्रहार

सुनसरी– प्रदेश नम्बर १ स्थित सुनसरीको  हरिनगर गाउँपालिका २ भूताहामा रहेकाे एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षकाे गाेली हानी हत्या भएको छ । भारतबाट आएको हतियारधारी समूहले  रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुई जनाकाे संख्यामा मोटरसाइकलमा आएका ती हतियारधारी समूहले उनको बिहिबार बिहान साढे […]

समाचार

संसदीय सुनुवाई योगेशले भनेः नीतिगत भ्रष्टाचारका विषयमा घिमिरेको धारणा आउनुपर्यो

 काठमाडौं– सांसद योगेश भट्टराईले साना माछा समाउँदै जाने र ठुला माछा छोड्दै जाने प्रवृत्तिले अख्तियारको शाख नजोगिने दाबी गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि नवीनकुमार घिमिरेमाथि भएको संसदीय सुनुवाईका क्रममा बोल्दै सांसद भट्टराईले सो कुरा बताएका हुन् ।  ।  सांसद भट्टराइले अख्तियार सरकार र शक्ति केन्द्रको छायाँबाट मुक्त हुनुपर्ने  बताउँदै यसलाई सम्पूर्ण […]

समाचार

एक महिनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा

दमौली– तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् । सो अवसरमा सांसद श्रेष्ठले प्राविधिक शिक्षा अहिलेको आवश्यकता […]

समाचार

कांग्रेसका बरिष्ठ नेता पौडेल पोर्चुगलमा

लिस्बन– युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुगेका छन् । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल आइपुगेका हुन् । वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) […]

समाचार

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः निर्वाचित

टोकियो– जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ । यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । प्रधानमन्त्री अबे ६३ वर्षको उमेरको रहेका छन् । उनले आफ्नो दलका सदस्य र […]

समाचार

मिसेस ग्लोबल बनिन् दुर्गा

काठमाडौं – ‘मिसेस ग्लोबल नेपाल २०१८’ को उपाधि दुर्गा पौडेलले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।कलाकार समेत रहेकी दुर्गाले उनले उपाधि सहित विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरेकाी छन् । उनले उपाधि बाहेक मस्टकन्पिÞmडेन्सको सबटाईटल पनि प्राप्त गरिन् । प्रतियोगीतामा फस्ट रनरअपमा लिलादेवी निरौला र सिसम […]

समाचार

चीनविरुद्ध नेपाली भूमि कुनै हालतमा प्रयोग गर्न दिदैनौँः उपराष्ट्रपति पुन

छेन्दु – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । चीनको छेन्दुमा आयोजित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई बिहीबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले कुनैपनि हालतमा नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध रहेको बताएका हुन् ।त्यस्तै उनले सन् २००० देखि आयोजना भइरहेको […]

समाचार

इमरान खान साउदी अरेबिया र युएई भ्रमणमा

अबुधाबी– पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी आइपुगेका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई आइपुगेका हुन् । प्रधानमन्त्री खानलाई अबुधाबी विमानस्थलमा अबुधाबीका राजकुमार शेख मोहमद बीन जायद अल नह्यानले स्वागत गरे । प्रधानमन्त्री खानले इमिरेट्सका उच्च नेतृत्वसँग बिहीबार वार्ता गर्नुहुने समाचारमा जनाइएको छ । यसअघि बुधबारनै प्रधानमन्त्री खानले […]

समाचार

नागरिकसम्म नपुगेको ‘संविधान दिवस’

संविधान दिवसको पूर्वसन्ध्यामा नेपाल टेलिकममार्फत सरकारको सन्देश आयो– ‘संविधान दिवस २०७५ अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।’ अनि सरकारले उसैगरी ‘असोज ३’ गते काठमाडौंको सैनिकमञ्चमा ठूलो तामझामका साथ संविधान दिवस मनायो । अघिल्लो वर्षसम्म सैनिकमञ्चमै सीमित संविधान दिवसको सरकारी रौनक यस वर्ष प्रदेश एवम् स्थानीय तहसम्म पुग्यो । […]

समाचार

जबरजस्ती करणीसम्बन्धी कानुन र यसले समाजमा पारिरहेको असर

 अधिवक्ता दलबहादुर धामी कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटना अहिले सबैभन्दा पेचिलो विषय बनेको छ । यसमा अनुसन्धान अधिकारीको जिम्मा पाएको प्रहरीका कारण आज यो अवस्था आएको भन्ने आशङ्क धेरैको छ । यस घटनाले प्रहरीको अनुसन्धान प्रकृयामाथि पनि प्रश्न उठाएको छ ।  यसबाट कडा कानुन बन्दा यस्ता घटना कम हुँदा रहेछन् या बढ्दा […]