राज्यको मेरुदण्ड भनेको अर्थराजनीति नै हो । राज्य अङ्ग हो भने त्यसमा प्राण वा जीवन गति पैदा गर्ने माध्यम भनेको अर्थतन्त्र हो । यसले राज्यरूपी सुन्दर शरीरमा रक्तसञ्चार गराउँदै जीवन्तता प्रदान गर्छ । यही आर्थिक क्रियाकलाप अन्तर्गत राज्यले उद्योग, कलकारखाना, व्यापार वा व्यवसाय खोल्ने अवसर दिन्छ भने त्यसबापत जनताले केही अंश रकम राज्यलाई बुझाउनु पर्छ […]
Author: purnakhabar
प्रशिक्षक र खेलाडीलाई पदक दिने सरकारको घोषणा
काठमाडौँ– सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) बाट सम्मान गर्ने घोषणा गरेको हो ।त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाज […]
दशैंको मुखमा यातायात क्षेत्रमा जताततै भद्रगोल !
काठमाडौं– दशैंको मुखमा यातायात क्षेत्रमा भद्रगोल परिस्थति सिर्जना भएको छ । यातायात व्यवसायी, सार्वजनिक यातायातका चालक र पेट्रोलियम पदार्थ ढुवानीका ट्याङ्कर चालकहरुले आ–आफ्नै माग अघि सारेर यातायात अवरुद्ध गर्नुका साथै पेट्रोलियम पदार्थ ढुवानीमा समेत अवरोध गरेका छन् ।मूल्य घटाउन व्यवसायीको मागयातायात व्यवसायीले लामो दूरीका लागि असोज ५ गतेबाट दशैं तिहारका लागि अग्रिम टिकट बुकिङ खुला […]
संसद बैठकः पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौँ– प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । आजको बैठकको शून्य समयमा उनीहरुले संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गर्दा यसको प्रभावकारी कार्यान्वयनमा सरकार र सदनलाई गम्भीर बन्न आग्रहसमेत गरे । सांसदले बझाङ जिल्लाका सेतीपारिका गाउँपालिकामा यातायात सम्बन्धबिच्छेद भएको र बालिका एवं […]
खेलकूदले देशलाई चिनाएको छः मन्त्री विश्वकर्मा
कास्की– सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएका छन् । पोखरा महानगरपालिका–२५ मेलबोटदेखि खानेपानी मुहान लुम्रे सिदिङसम्मको कालोपत्रे सडक शिलान्यास कार्यक्रममा आज मन्त्री विश्वकर्माले रसियामा सम्पन्न विश्वकप फुटबलमा उपविजेता भएपछि मात्र क्रोएसिया विश्वमा परिचित भएको उदाहरण दिँदै देशलाई चिनाउने सामर्थ खेलक्षेत्रमा रहेको विचार व्यक्त गरेका छन्। मन्त्री विश्वकर्माले सुखी नेपाली समृद्ध नेपालको […]
ऋण संकट समाधन गर्न विलासी कार, हेलिकप्टर र भैसीसम्म बेच्ने योजनामा इमराम खान सरकार
बीबीसी हिन्दी पाकिस्तानी सरकार पैसाको कमीसँग जुधिरहेको छ । इमरान खानको नेतृत्वमा बनेको नयाँ सरकारले यो कमी पूर्ति गर्ने अनौठो विकल्प भेटेको छ – प्रधानमन्त्री कार्यालयको बिलासी कार र हेलिकप्टरहरु बेच्ने । यो कार्यलाई मूर्त रुप दिन प्रधानमन्त्रीको आवासको अगाडिको खाली ठाँउमा अहिले बिलासी कारहरुमाथि इच्छुक ग्राहकले बोली लगाउँदै छन् । बुलेट प्रुफ र ठूला विलासी कारहरुले […]
एलिजासँग स्वरमा स्वर मिलाएर गाउन चाहन्छन् समुन्द्र
असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘अनुराग’को ‘तिम्रो स्वरमा स्वर मिलाई’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । यो भिडियोमा चलचित्रका मुख्य कलाकार समुन्द्र पण्डितको कन्सर्टलाई देखाइएको छ । चलचित्रमा समुन्द्र सांगीतिक क्षेत्रमा लागेको एक कलाकारको भूमिकामा देखिएका छन् । चलचित्रमा समुन्द्रको साथमा एलिजा गौतमको मुख्य भूमिका छ । सार्वजनिक ‘तिम्रो स्वरमा’ बोलको गीतमा […]
पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय क्याम्पसको अध्यक्ष निर्वाचित
नवलपरासी– नेपालका प्रतिनिधिसभा सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) मा निर्वाचित भएका छन् । कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका लछन् । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) मा निर्वाचित भएका हुन् । यसअघि इन्टर […]
निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे । सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेर मात्र […]
अस्कर अवार्डका लागि नेपालबाट ‘पञ्चायत’ छनोट
एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसद्धारा हरेक बर्ष आयोजना हुने अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि नेपालबाट चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको छ । विदेशी भाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धाका लागि ५० बर्ष पुरानो कथामा निर्माण भएको चलचित्र ‘पञ्चायत’ छनोटमा परेको हो । अवार्डमा सहभागी हुनका लागि ‘तान्द्रो, पञ्चायत र माइ लभ’ दर्ता भएका थिए […]





