समाचार

उच्च रक्तचापका कारण युएईमा मृत्यु भएका गणेश श्रेष्ठको परिवारलाई रु.४ लाख २१ हजार ७८६ आर्थिक सहयोग पठाइयो

 

युएई, वैशाख २९ –  झापा जिल्ला धुलाबारीका गणेश श्रेष्ठको युएईमा उच्च रक्तचापका कारण चैत २० मृत्यु भएको थियो ।अस्पताल रिपोर्टमा उल्लेख भए अनुसार मष्तिष्कमा रगत जमेर उनको कलिलो उमेरमै २१ दिनको उपचार पछि मृत घोषणा गरिएको थियो। गएको चैत १३ गते राती खाना खाएर आराम गरिरहेका बेला अचानक ठुलो स्वरमा चिच्चाएर उहाँ बेहोस हुनुभएको थियो । बेहोस अवस्थामा उहाँलाई कम्पनी र साथीभाइको सहयोगमा अल रशिद अस्पताल पुर्याइयो तर  उहा यो ससारमा रहनु भएन । श्रेष्ठ दुबई स्थित सेक्युरिटास युएई सेक्युरेटी कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए।

संचायकोसबापत कम्पनीले करिब दुइ लाख पचास हजार नेपाली दुतबास मार्फत परिवारले पाउने गरि र हाल कम्पनीमा कार्यरत नेपाली कामदारहरुको बिशेष पहलमा रु.४ लाख २१ हजार ७८६स्वर्गीय श्रेष्ठका बुवा टंक प्रसाद श्रेष्ठको ग्लोबल आइ इ बैकको खाता नम्बर २३०७०१०००४६८३ जम्मा गरिदिएको जानकारी सोहि कम्पनीका कन्ट्री लोजेस्टिक सुपरभाइजर विजय लामाले पूर्ण खबरलाइ बताउनु भएको छ।

गणेश पाँच वर्षअघि फ्लोरिडओभर्सियसबाट युएई आउनुभएको थियो ।युएई आएर कमाएको पैसाले झापामा घर बनाउदै हुनुहुन्थ्यो । नयाँ बनाएको घरमा दशैं मनाउन नेपाल फर्किने योजना बनाएका गणेशको सपना पुरा हुन सकेन। गणेशको परिवारमा आमा ,बुवा र दुई दिदीबहिनी छन् ।सोकाकुल परिवारमा छोरो नरहे पनि बनाउदै गरेको घर र परिवारलाई अलिकति भए पनि मलम लगाउन कम्पनीमा कार्यरत अग्रज नेपाली, भारतीय, पाकिस्तानी तथा बंगाली लगाएतका कामदारले सो इच्छालेआर्थिक सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *