अर्थ/बाणिज्य समाचार

१४ अर्बको लगानीमा खुल्ने तीन जापानीज होटलको लगानी स्वीकृत

 

२ असोज, काठमाडौं । जापान क्लब इन्टरनेशनलले नेपालमा तीन होटल खोल्ने भएको छ । मंगलबार बसेको लगानी बोर्डको बैठकले होटलको १३ अर्ब ९८ करोड अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीअनुसार अन्तराष्ट्रियस्तरको यो काडमाडौंको दहचोक, भक्तपुर र पोखरामा खुल्नेछ ।

बैठकले मार्चमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । साथै पूर्वाधार परियोजनाका लागि चाहिले आवश्यक पहुँचमार्ग, पुल, सञ्चार प्रशासनलाइन लगायतका अन्य पूर्वाधारसम्बन्धी काम छिटो गर्न विकासकर्ताले नै निर्माण गर्ने र त्यसको खर्च सरकारले पछि मिलान गर्नेसम्बन्धी कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय भएको छ ।

बोर्डको सदस्यमा भवानी राणा, हरिभक्त शर्मा, राजेशकाजी श्रेष्ठ र बालकृष्ण सिवकोटी मनोनित भएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *