समाचार

सवा करोडको लगानीमा बुटवलमा खुल्यो ‘लालटिन उपभोक्ता पसल’

असोज १०,बुटवल । सवा करोडको लगानीमा बुटवलमा लालटिन कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ता पसल संचालनमा ल्याएको छ ।  कृषकहरुका उत्पादनलाई उचित मुल्य दिने र उपभोक्तालाई सुलभ दरमा सामग्री उपलब्ध गराउने उद्धेश्यले लालटिन उपभोक्ता पसलको शुभारम्भ गरिएको छ ।

उद्घाटनका क्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचनले रुपन्देहीमा कृषि सहकारी संस्थाले यसप्रकारको पसल संचालनमा ल्याएको पहिलो पसल भएको बताए । उनले उत्पादन र उपभोक्ताको हितमा ध्यान दिन आग्रह गरे ।

सहकारीका अध्यक्ष गंगालाल सापकोटाले आफूहरुले छिट्टै उत्पादन र प्याकेजिङ र प्रशोधनको तयारी रहेको बताए । उनले १ हजार ४ सय सेयर सदस्यबाट ७ हजारदेखि माथि सेयर रकम उठाएर सहकारीमार्फत पसल संचालनमा ल्याएको जानकारी दिए ।

कृषकहरुलाई सहकारी पसल र उपभोक्तासंग जोड्ने नीति लिएको उनले बताए ।  सहकारीले करिब ४ करोडको कारोबार गर्दै आइरहेको छ । बुटवलको देबीनगर हिमालीपथमा संचालनमा आएको सस्तो पसलमा सुपथ मुल्यमा दैनिक उपभोग्य सामानहरु उपलब्ध गराइने सहकारीका सचिब राजु पौडेलले बताए ।

उद्घाटनका अवसरमा उपभोक्तालाई ५ प्रतिशत छुट र बिभिन्न अफरहरु समेत दिइएकोे छ । सस्तो पसलमा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने दैनिक १ लाखको ब्यापार समेत भएको सहकारीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *