समाचार

संविधान संशोधनको माग छाडेका छैनौँ : नेता महतो

[ad_1]

नेपालगञ्ज । राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताएका छन् । आज यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले भने, ‘हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।’ अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर सङ्घीयता असफल पार्ने प्रयास गरेको आरोप लगाए । भेलामा पार्टीका कार्यकर्ता र केन्द्रीय नेताबीच पार्टी सङ्गठन, मुलुकको राजनीति र विकास निर्माणलगायतका विषयमा छलफल गरिएको थियो

[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *