गृह

आधा दर्जन सहसचिव सरुवा, झकप्रसाद आचार्यलाई अर्थ मन्त्रालय

१३ वैशाख, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालयका सहसचिवको सरुवाको लिष्ट तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

६० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवासँगै बुधवार मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाको आग्रहमा सहसचिव सरुवा गरिएको स्रोतले जनाएको छ ।

लोकसेवा आयोगमा कार्यरत झकप्रसाद आचार्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै गृहमन्त्रालयका श्यामप्रसाद भण्डारी पनि अर्थमा सरुवा भएका छन् ।

अर्थमन्त्रालयमा कार्यरत मुकुन्द निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरिएको छ । त्यस्तै सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव प्रकाश दाहाल श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् ।

अर्थ मन्त्रालयमै कार्यरत शोभाकान्त पौडेल लोकसेवा आयोगमा सरुवा भएका छन् भने गृहमन्त्रालयका विनोदप्रसाद सिंह सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका छन् ।

  • Photo -अनलाइनखबरबाट
प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *