उमेरबढेसँगै हाम्रो शरीरको पाचन प्रक्रिया पनि कमजोर हुँदै जान्छन् । खास गरेर ३० वर्ष पुगेपछि खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । खानामा क्याल्सियम अत्यन्त जरुरी हुनेहुँदा कस्ता खानेकुरा खाने त ? आउनुहोस् जानौँ :
सोयाबिन- हप्तामा एकपटक सोयाबिनको तरकारी खाने गर्नुहोस्, यसले शरीरमा प्रर्याप्त मात्रामा क्याल्सियम पाइन्छ ।
अंकुरित दाना- भोक लागेको बेला एक कचौरा अंकुरित दाना खानुहोस् । यसमा पनि पर्याप्त मात्रमा क्याल्सियम तथा न्युट्रिसियन पाइन्छ ।
तिल- दिनहुँ दुई चम्चा भुटेको तील खानुहोस् । यसमा पनि पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । यसलाई विभिन्न तरिकाबाट खान सकिन्छ । अचारमा सामेल गरेर, लड्डुमा सामेल गरेर वा अन्य तरिकाबाट पनि खान सकिन्छ ।
कागती पानी – दैनिक रुपमा एक गिलास कागती पानी पिउनाले यसबाट सी क्याल्सियम प्राप्त गर्न सहयोग गर्छ । साथै हरेक दिन केही अमिलो फल खानाले पनि फाइदा गर्दछ ।
जीराको पानी- २ गीलास पानीमा सानो चम्चाको एक चम्चा जीरा पानीमा भिजाएर रातभर राख्ने । बिहान यसलाई उमालेर पानी आधा भएपछि पिउँदा यसले धेरै फाइदा गर्दछ ।
बिहानको घाम – दिनहुँ बिहान ८ बजेबाट १० बजेसम्मको घाम ताप्ने गर्नुहोस् । यसबाट शरीरमा भिटामीन ‘डि’ को मात्रा बढ्ने हुनाले क्याल्यियम प्राप्त गर्न सहयोग गर्दछ ।
माछा –हप्तामा एकपटक माछा वा अन्य ‘सी फूड’ खाने गर्नुहोस् । यसले पनि शरीरमा क्याल्सिमको लेवल बढाउन मद्दत गर्दछ ।
हरियो तरकारी – खानामा ब्रोकाउली, काँक्रा लगायतका हरियो तरकारी दिनहुँ सामेल गर्नुहोस् । यीनमा पाइने म्याग्निसियमले शरीरमा क्याल्सिम प्राप्त गर्न सहयोग गर्दछ ।
दूध- खानामा दूध, दही, पनीर, चीज लगायतका डेरी प्रोडक्ट बढाउनुहोस् । यसबाट पनि प्रयाप्त क्याल्सियम लिन सकिन्छ ।