Banner News समाचार समाज

आम्दानीको दरिलो स्रोत बनेका यी डर लाग्दा सर्पहरु !

सर्प भन्ने बित्तिकै जो कसैलाई पनि डर लाग्नु स्वभाविक हो । तर कतिपय यस्ता मान्छे छन् जो सर्पलाई नै साथी मात्र मान्दैनन् सर्पकै खेला देखाएर आम्दानी पनि गर्छन् । यस्तै एउटा घटना भएको छ इन्डोनेसियामा । यहाँ बसोबास गर्ने २२ बर्षिया एक युवकले दुई वटा कोब्रा (सर्प) लाई हातमा लिएर दर्शकलाई चटक देखाउँदै आएका छन् ।

जाइन्ट कोब्रा नामक उक्त सर्पहरु १३ फिट लामा थिए भने एउटा हात्तीलाई एक गाँसमै निल्न सक्ने क्षमता भएका थिए । यस्ता निडर व्यक्तीको नाम भने रोनी कुरनिवान रहेको छ । उनले उक्त सर्पलाई हातमा रिंगाउने, मुखमा चप्पी खुवाउने, काँधमा बोक्ने लगायतका चटक देखाएर दर्शकहरुलाई चकित बनाएका थिए ।

यो इन्डोनेसियाको सत्य घटना हो । यस्ता खालका कोब्रा १८ फिट सम्म पनि लम्बाई भएका हुन्छन भने जंगलमा २० वर्ष सम्म पनि जिवित रहन सक्छन । इन्डोनेसियाको एक पत्रिकामा उल्लेख भए अनुसार सर्प समात्ने क्रममा रोनीलाई चोट लागेको थियो र उनले अहिले घाउसँग सम्बन्धित उपचार गरिरहेका छन् । उनले सर्प समातेका तस्विरहरु सामाजिक सन्जालमा राख्दा उनका दर्शकको संख्या ८ लाख भन्दा बढि पुगेको थियो ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *