Banner News गृह राजनीति समाचार

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा हाेमनारायण

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा जुगल गाउँपालिकाका सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्ष श्रेष्ठलाई महासंघको अध्यक्षमा चयन गरेको हो ।

३७ सदस्यीय केन्द्रीय कार्य समितिको महासचिवमा पनि सिन्धुपाल्चोककै र्इन्द्रावती गाउँपालिकाका  अध्यक्ष वंशलाल तामाङ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एमालेका नेता हुन भने महासचिव तामाङ कांग्रेसका हुन् ।

त्यसैगरी महासंघको उपाध्यक्षमा मेनुका काफ्ले, सचिवमा देवी बुर्लाकोटी र कोषाध्यक्षमा दिलमाया बुढामगर निर्वाचित भएका छन् ।

महाधिवेशनले २१ बुँदे काठमाडांै घोषणा पत्र जारी गर्दै तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गर्न संघीय सरकारसँग माग पनि गरेको छ । नभए स्थानीय सरकार आफैले कर्मचारी व्यवस्थापन गर्ने बाटो खोलिदिन पनि संघीय सरकारसँग माग गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *