Uncategorized

माघमा परमिता र नीताको ‘दि कर्मा’

मंसिर ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति धकेलिएको छ । काम नसकिएको भन्दै यो चलचित्रलाई अब माघ ४ गते रिलिज गर्ने यसको निर्माणपक्षले तयारी गरेको छ । देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रले नेपाल र भारतको सिमानामा हुने अपराधिक गतिविधीको कथालाई उठाएको छ । जय मिडिया म्यानेजमेन्टको ब्यानरमा बनेको चलचित्रलाई […]

Uncategorized

उद्योगका विषाक्त पानीले यसरी पाउँछ ‘पुनर्जीवन’

३ कात्तिक, हेटाैंडा । अझै पनि धेरै उद्योगबाट निस्कने प्रदुषित पानी सीधै खोलामा मिसाइन्छ । काठमाडौं र बारा/पर्सा लगायतका जिल्लामा त यो समस्या भयावह छ । तर, हेटौंडामा भने औद्योगिक क्षेत्रबाट निस्किएको दुषित पानीको वैज्ञानिक व्यवस्थापन गरिन्छ । जहाँ रसायन मिसिएका पानी प्रशोधन गरेर माछालगायतका जलचर प्राणी बाँच्न सक्ने बनाइन्छ । औद्योगिक क्षेत्रबाट निस्किएको फोहोर […]

Uncategorized

अवैध रूपमा भारतै निकासी हुँदै गरेको १२० क्वीन्टल केराउ बरामद

३ मंसिर, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले केराउ बरामद गरेको छ । वीरगञ्जको अलौंबाट १२० क्वीन्टल केराउ बरामद भएको हो । भारततर्फ लैजादै गरेको अवस्थामा चालकसहित दुई ट्याक्टर केराउ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रेवती ढकालले जानकारी दिए । ‘५० किलोको १२० बोराका दरले दुईवटा ट्याक्टरमा २४० बोरा केराउ लोड गरेर भारततर्फ […]

Uncategorized

गर्भावस्थाका तीन चरण : कति बेला हुन्छ खतरा ?

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ । खानपान र आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनवारे पनि उत्तिकै ख्याल राख्नुपर्छ । किनकी यस्तो अवस्थामा हुने सामान्य कमजोरीले पनि ठूलो दर्घटना निम्त्याउन सक्छ । यी हुन् गर्भावस्थामा आउने परिवर्तन र निम्तन सक्ने खतरा […]

Uncategorized

नेपालमा लगानी गर्न तयार रहेकाे चिनियाँ व्यापारीकाे भनाइ

३ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ उद्योगी एवं व्यापारीहरुले नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शमा आयोजित कार्यक्रममा चीनको हाइनान चेम्बर अफ कमर्सका पदाधिकारीहरुले नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् । नेपालमा लगानीको वातावरण बनेको विषयमा जानकार रहेको भन्दै कुन क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ […]

Uncategorized

सप्तरीमा कैद र जरिवाना असुली फितलो, अभियुक्त ७५ वर्षदेखि फरार

३ कात्तिक, सप्तरी । सप्तरी जिल्ला अदालतले बिभिन्न शीर्षकको मुद्दामा जरिवाना तोकिएपनि असुलीको अवस्था एकदमै कमजोर देखा परेको छ । पछिल्लो आर्थिक वर्षलाई हेर्ने हो भने जरिवाना लगत तोकिएपनि १० प्रतिशत पनि असुली हुन सकेको छैन् । आर्थिक वर्ष ०७४/ ७५ मा जरिवाना लगत ४ करोड १६ लाख ७२ हजार ४ सय ७३ देखिन्छ । […]

Uncategorized

सडक अनुगमन गर्न माथिल्लो डोल्पा पुगे मन्त्री, चीनबाट मोटरसाइकल ल्याएर निकालियो र्‍याली

३ मंसिर, काठमाडौं । जाजरकोटको पासागाढबाट डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै हालै राष्ट्रिय सडक सञ्जालमा समेटिएको छ । माथिल्लो डोल्पाको मोरिम्ला नाकाबाट पनि सदरमुकाम दुनैलाई चीनसँग जोड्ने सडक निर्माणको काम अहिले भइरहेको छ । माथिल्लो डोल्पामा निर्माणाधीन सडकको पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाको अगुवाइमा हालै भौतिक […]

Uncategorized

दिवंगत छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड

३ मंसिर, काठमाडौं । नेकपाले छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा प्रचण्ड भक्कानिएका छन् । ललितपुरको खुमलटारमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने क्रममा नेकपा अध्यक्ष समेत रहेका प्रचण्डले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनले देश, […]

Uncategorized

सुन तस्करी प्रकरणः तारेखमा छुटेका प्रहरीविरुद्ध सर्वोच्च जाने तयारी

३ मंसिर, मोरङ । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च प्रहरी अधिकारीविरुद्ध सरकार सर्वोच्च जाने भएको छ । उच्च अदालत विराटनगरको आदेशमा छुटेका प्रहरी अधिकारीहरुलाई थुनामा राखेर मुद्दाको पूर्पक्षका लागि सर्वोच्चमा निवेदन दिन लागेको हो । जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका प्रहरी अधिकृत पूर्वडिआइजी गोबिन्द निरौला, […]

Uncategorized

पत्रिकाको १० हजार ‘सर्कुलेसन’ घट्यो, अब के हुन्छ ?

३ मंसिर, काठमाडौं । प्राध्यापक पी खरेल आमसञ्चार र पत्रकारिताबारे गहिरो अध्ययन भएका थोरै विज्ञमध्येमा पर्छन् । दी राइजिङ नेपालको सम्पादक रहिसकेका खरेलसँग पत्रकारिताको व्यवहारिक र प्राज्ञिक दुबै अनुभवसहितको ज्ञान छ । आमसञ्चार र पत्रकारिताका विभिन्न पुस्तकका लेखेका खरेल यस क्षेत्रको कमीकमजोरी र विकृतबारे जिब्रो नचपाई आफ्नो धारणा राख्छन् । खरेल पछिल्लो तीन दशकमा नेपाली […]