अशोज ६, कंचनपुर । कञ्चनपुरका राजनीतिक दल, मानव अधिकारकर्मी तथा कानुन व्यवसायीहरुले दिनप्रतिदिन भइरहेको बलात्कार, हत्या, हिंसाका घटनाले मानिसको बाच्न पाउने अधिकार खोसिएको भन्दै सबै पक्ष एकजुट भएर न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा कञ्चनपुरको संयोजनमा कञ्चनपुरको भिमदत्त नगरपालिकामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले […]
Author: admin
सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, यस्ता छन् चार बुँदे सहमति
असोज ६, काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । आइतबारबाट लागू हुने गरी यातायात व्यवसायी र सरकारबीच सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति भएको हो । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले […]
दिल बहादुर घर फर्किए: परिवारमा छायो खुसि
असोज ६, काठमाडौं । एउटा मानवको खुसीको क्षणलाई शब्दमा बुनेर कहिलै पुरा हुँदैन, सायद त्यो अधुरो नै हुन्छ । साउदीको बालुवामा चुँडीदै गरेको एउटा परिवारको खुसि आज सकुशल घर फर्किएको छ । बर्षौ देखि श्रीमान पाउनका लागि दिन रात बग्ने मोनिकाका रोदन युक्त आँशुहरु अब थामिएका छन् र तिनै आँशुहरुमा आज संसारिक खुशी भेटिएको छ। हिजो बाबा […]
क्रान्तिकारी पत्रकार संगठन नेपालको पदाधिकारी टोलिले भेट्यो निर्मला पन्त परिवारलाई
असोज ६, शनिबार । बलत्कार पछि हत्या गरिएकि कञ्चनपुर भिमद्त नगरपालिका २ कि १३ बर्षिय वालिका निर्मला पन्तको परिवार संग अाज क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय टोली र मानवअधिकार सहितको टोलिले भेटघाट गरेको छ । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे सहितको टोलिले शनिबार निर्मला पन्तको परिवारलाई भेट गरेको हो। भेटघाटमा क्रममा पन्तकि अामा दुर्गादेवि पन्तले […]
यातायात मजदुरको आन्दोलन फिर्ता, सरकारसँग ८ बुँदे सहमति
असोज ५, काठमाडौँ । मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी ऐन संशोधनको माग राख्दै आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति र सरकारबीच आठ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तामा समितिले उठाएको माग सम्बोधन गर्न गराउन सरकारी वार्ता टोलीले लिखित सहमती जनाएको हो । सहमतीसँगै […]
असल क्षेत्रीका विषयमा अदालतसमक्ष प्रहरीको ‘अनौठो’ अनुरोध
असोज ५, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका एक बन्दी नेताको विषयमा प्रहरीले एक ‘अनौठो’ अनुरोध गरेको पाइएको छ । यो नेकपा नेता प्रतिवादीलाई प्रतिवादी बनाई नेपाल सरकार (वादी) भई चलाएको फौजदारी कसुरसम्बन्धी एउटा मुद्दामा यस्तो किसिमको अनुरोध पत्र पाइएको हो । सन्दर्भ हो, नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘असल’को थुनछेक बहसमा रुपन्देही जिल्ला अदालत भैरहवामा […]
सिमिकोट गाउँपालिकामा डेढ करोड हिनामिनाको आशंका, स्थानियले ज्ञापन पत्र बुझाए
असोज ५, हुम्ला । सिमिकोट गाउँपालिकाको १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपैयाँ बराबरको बजेट हिनामिनाको आशंका गरि स्थानियले जिल्ला प्रशासन कार्यालय, हुम्लामा ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुागानालाई ज्ञापन पत्र पेश गर्दै स्थानीयको तर्फबाट पर्वत सुनार । गत आर्थिक वर्षको बजेटमा सिमकोट गाउँपालिकाको खाताबाट खार्पुनाथ गाउँपालिकाको […]
‘प्रकाण्ड’ पक्राउ प्रकरणले विप्लवसँग वार्ता हुन सकेन: संयोजक पाण्डे
असोज ५, काठमाडौँ । सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितिकाका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरुलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने […]
देशभरका हिरासतमा कति छन् विप्लवका नेता–कार्यकर्ता ?
असोज ५, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ । सरकारद्वारा […]
असल क्षेत्रीलाई अमानविय यातना र मानसिक तनाव दिएको खुलासा
असोज ४, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य चन्द्र बहादुर खड्का ‘असल क्षेत्री’ले गिरफ्तारपछि आफूलाई प्रहरीले अमानवीय यातना र चरम मानसिक तनाव दिएको खुलासा गरेका छन् । रूपन्देहिको प्रहरी हिरासतमा रहेको उनले आफन्त सँगको कुराकानीमा जिम्मेवार पार्टीको जिम्मेवार व्यक्ति भएकोले राजनीतिक व्यवहार गर्न सरकारसँग माग समेत गरेका छन् । नेता कार्यकर्तामा दमन, […]








