[ad_1]

सँगै हुर्के बढेका साथी कोही विदेश त कोही सहर पसे। मैल कुखुरा खरिद गरी बेच्न थालें भने श्रीमती होटल गर्न। तर पनि खान लाउन धौधौ थियो।
बोयर जातका बाख्रा पालनबाट राम्रो कमाइ हुन्छ भन्ने सुनेर बाख्रापालन सुरु गरें, अहिले दुवैजना यो व्यवसायमा छौं। चार वर्षमा चार लगानी चार करोड पुग्यो।
झापा हल्दिबारी–१, गोलधापका गणेश पराजुलीले यसरी आफ्नो कथा सुनाए।
चार वर्षअघि बैंकबाट ऋण लिएको २७ लाख ३५ हजारमा ‘प्रगति बोयर बाख्रा फर्म’ सुरु गरेका पराजुलीले अहिले एउटै बाख्राबाट लाखभन्दा बढी आम्दानी गर्छन्।
फर्ममा लगानी १ करोड ५५ लाख पुगेको छ। ‘बोयर जातको एउटा बाख्राको १ लाखदेखि २ लाख ५० हजारसम्म पर्छ। अहिले मसँग १२४ वटा यस्ता बाख्रा छन्।’
उक्त बाख्राको एक किलो मासुलाई नै कम्तीमा एक हजार रुपैयाँ पर्छ। ‘एक वर्षको एउटा बाख्रा नै ९५ देखि १ सय ५० किलोसम्म छ। किलोका हिसाबले एक लाखभन्दा बढी प¥यो नि,’ पराजुली भन्छन्।-रविन भट्टराईले बिर्तामाेडबाट लेखेकाे याे खबर अाजकाे अन्ननपूर्णपाेस्ट दैनिकमा छापिएकाे छ।
[ad_2]
Source link



