Uncategorized

प्रदेश मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते

२४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको जीप कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

बा२झ ३१२५ नं को स्कारपियो जिप र से३प २४२० नं को मोटरसाइकल पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालीको बडैपुर सडक खण्डमा  आपसमा ठोक्किएका हुन् ।

जीपमा मन्त्री भने सवार थिएनन् । दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *