Uncategorized

कोरियाली राजदूतले एमाले नेता नेपालसँग गरे विदाइ भेट

२८ कात्तिक, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत किम योङ्ग हाकले मंगलबार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग विदाइ भेट गरेका छन् ।

बुधबार विहान नेपाल निवास कोटेश्वर पुगेका उनले आफू ४ बर्ष ९ महिना नेपालमा बस्दा यहाँको राजनीतिक नेतृत्व र नेपाली जनतालाई मैत्रीपूर्ण र हार्दिक पाएको उल्लेख गरे ।

राजदूत हाकले आफ्नो देशसँगको सम्बन्धलाई महत्व दिएर विगतमा भ्रमण गर्नुका साथै आफूहरुलाई हरदम सहयोग उपलब्ध गराएकोमा पूर्वप्रधानमन्त्री नेपालप्रति आभार व्यक्त गरे ।

‘हाम्रो सुख–दुःखमा सधैँ साथ दिनुभएकोमा आत्मीयता बोकेर फर्किंदैछु,’ राजदूत हाकले नेपालसँग भने, ‘मलाई विश्वास छ, यो सधैँ कायम रहनेछ ।’

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीले समाजवादी मुलुकहरुसँगको सम्बन्धलाई सधैँ महत्व दिँदै आएको उल्लेख गर्दै आफ्नो कोरिया भ्रमणका बेलामा प्रतिकूल अवस्था रहे पनि अहिले कोरियाली प्रायद्वीपमा शान्तिका लागि प्रयास भएकोमा प्रसन्नता व्यक्त गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *