Uncategorized

कैलालीमा ब्राउनसुगरसति दुईजना पक्राउ

२१ कात्तिक, कैलाली । लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले मंगलबार साँझ धनगढी उपमहानगरपालिका ३ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कञ्चनपुरको पुनर्वास नगरपालिका-११ बस्ने बिसन लामा र धनगढी उपमहानगरपालिका-३ का इन्द्रबहादुर गुरुङ्गलाई ५ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले जानकारी दिए ।

शंकापद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा गतिविधिमाथि शंका लागेपछि चेकजाँच गर्दा ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रण्मा लिएको डीएसपी वलीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *