Uncategorized

पात्लेवनमा भेटियो महिलाको शंकास्पद शव

१८ कात्तिक, काठमाडौं । चन्द्रागिरी नगरपालिका २ पात्लेवनमा महिलाको शव शंकास्पद अवस्थामा भेटिएको छ ।

करिब ३/४ हप्ताअघि नै मृत्यु भइसकेको जस्तो देखिने शव भेटिएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कुमारविक्रम थापाले बताए ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाएको छ । महिलाको उमेर २० देखि ४० सम्मको हुनसक्ने प्रहरीको अनुमान छ ।

महिलाले निलो सारी, रातो रङको पेटीकोट र निलो ब्लाउज लगाएको देखिएको छ । त्यस्तै दुबै हातमा निलो बाला लगाएको र बाया खुट्टाको गोलीगाठोमा कालो धागो बाँधेको देखिएको प्रहरीले बताएको छ ।

महिलाको शव नजिकै लेडिज चप्पल पनि भेटिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *