१६ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको रोमाञ्चाक खेलमा धनगढीले पोखरालाई २ विकेटले पराजित गरेको छ ।
पोखराले दिएको १४५ रनको लक्ष्य धनगढीले १ बल बाँकी हुँदा ८ विकेट गुमाएर भेट्टायो । धनगढीको जीतमा दीपेन्द्रसिंह ऐरीले महत्वूर्ण भूमिका निर्वाह गरे । उनले २६ बलमा ४९ रन जोडे ।



